धादिङ । खनियावास गाउँपालिका वाइसीएलको अध्यक्षमा भिम बहादुर तामाङ चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट युवा नेतृत्व वाइसीएल खनियावासको दोस्रो भेलाबाट भिम बहादुर तामाङकाे अध्यक्षतामा ३३ जनाकाे वाइसीएल खनियावास गाउपालिका समिति गठन गरिएको प्रेम बहादुर तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।
माओवादी केन्द्र पालिका इन्चार्ज सेक्के मान तामाङ को प्रमुख अतिथ्य , वाइसीएल जिल्ला सचिव राजन लम्सालको विशेष आतिथ्यता , खनियावास इन्चार्ज सुजन तामाङको आतिथ्यतामा सम्पन्न भेलाले अध्यक्ष भिम बहादुर तामाङ, उपाध्यक्ष धुर्ब गुरुङ , सचिव -टेक बहादुर तामाङ, सह सचिवमा – गोविन्द तामाङ कोषाध्यक्ष शिर माया तामाङ सहित ३३ जनाको वाइसीएल खनियावास गाउपालिका समिति गठन गरिएको हो !
साथै वाइसीएल जिल्ला सम्मेलनको लागी सुजन तामाङ, भिम तामाङ , धुर्ब गुरुङ , टेक ब. तामाङ, राजेन्द्र तामाङ, पूर्ण गुरुङ , सूर्य तमाङ, गोबिन्द तामाङ सहित ८ जना जिल्ला भेला प्रतिनिधि चयन गरिएको छ ।