धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ मुलपानी स्थित ठुलोबेसीलाई आलु पकेट क्षेत्रको रुपमा विकास गराउन संघीय सरकारले गतवर्ष देखि अनुदान दिन सुरु गरिएको छ ।
सोही कार्यक्रम अनुसार गत वर्ष संघीय सरकारले १२ लाख प्रदान गरिएको थियो भने यो वर्ष विऊ र उपकरणमा ५० प्रतिशत अनुदानका लागि ६ लाख वजेट प्राप्त भएको हो ।
उक्त ५० प्रतिशत अनुदानमा विऊ र उपकरणहरु सोमबार एक कार्यक्रम बिच पालिका प्रमुख राजु उप्रेती र उप प्रमुख देवराज धरेलले किसानलाई हस्तान्तरण गरिएको हो ।