लाप्चेत गाउँमा तमु ल्होसार विशेष कार्यक्रम हुदै: खेलकुद घाटु नाच र दोहोरी प्रतियोगिता हुने

धादिङ । रुबीभ्याली ६ गुरुङ गाउँमा तमु ल्होसार विशेष कार्यक्रम हुने भएको छ । गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाइने यो पर्वमा विविध सांस्कृतिक कार्यक्रमहरु घाटु नाच, मारुनी नाच, लामा नाच, दोहोरी प्रतियोगिता लगायत विविध खेलकुद प्रतियोगिता समेत हुने स्थानीय बिमल गुरुङले होराईजन खबरलाई बताउनु भयो ।

रुबीभ्याली को पाछ गाउँहरु वडा न. ६ का खादिङ, लप्चेत, रिचेत, तिर र वडा न. ४ को चालीस गाउँहरुमा हरेक बर्ष मनाउने यो पर्व यो बर्ष भने जनचेतना महिला समुहको आयोजनामा लप्चेत गाउँमा मनाउन लागिएको हो । रुबीभ्याली ६ को मुख्य आर्थिक सहयोगमा हुन लागिएको उक्त कार्यक्रममा ५ वटै गाउँका गुरुङ समुदायहरु एकै ठाउमा जम्मा भै आपसमा सुभकामना साटासाट गरि हर्सो उल्लासका साथ मनाइने गरिन्छ ।

कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन मुल आयोजक समिति, आर्थिक समिति, खेलकुद समिति, ब्यबस्थापन समिति लगायतको निर्माण गरिएको छ ।

“शास्त्र हराए संस्कार हराउन्छ, संस्कार हराए संस्कृति हराउन्छ, संस्कृति हराए मानव हराउन्छ अथवा मानव अस्तित्व हराउन्छ ।” भन्ने मुल नाराको साथ कार्यक्रमको आयोजना गर्न लागिएको गुरुङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here