धादिङ्गकाे प्रसिद्ध पर्यटन सम्भाव्यता बाेकेकाे नृसिंह धाम

विपिन प्रसाद गुरागाँई ,तारकेश्वर -६ । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारको फेदीमा एकातिर बूढीगण्डकी (यशाेधरा) र अर्काेतिर नेत्रावती (अ‍ाखुँ)यी दुई नदीको सङ्गममा छ प्रसिद्ध स्थल नृसिंह धाम अर्थात् नरसिंहधाम ।नेपालमै पहिलाे मन्दिर मानिन्छ भगवान् नृसिंहकाे याे मन्दिर।
गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन कालदेखि नै नृसिंह भगवानकाे उत्पत्ति स्थलको रूपमा परिचित छ।
भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नृसिंहले नदीबाट प्रकट भएर दर्शन दिएकाले त्यो नदीको नाम नारसिंहे भनेर रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिने गरेकाे पाइन्छ ।

नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास रहेकाे पाइन्छ।

विभिन्न धार्मिक ग्रन्थ अनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नृसिंह प्रकट भई दर्शन दिएको स्थल भनी उल्लेख गरिएको पाईन्छ।

अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नृसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नृसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ।
शास्त्रीय हिसाबले यी दुई नदी बुढीगण्डकी र नेत्रावतीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ।भगवान् नरसिंहले अ‍ाफ्नाे भक्त प्रल्हादकाे रक्षाकाे लागि अवतार लिएर दैत्य हिरण्यकशिपुकाे उद्धार गर्नुभएकाे प्रसङ्ग श्रीमद्भागवत लगायत विभिन्न पुराणमा उप्लेख भएकाे पाईन्छ । धादिङ्गकाे पुच्छारबजारबाट लगभग १:४५ मिनेटमा पुग्न सकिन्छ नरसिंह धाम । यस वर्षकाे साउनमा परेकाे पुरुषाेत्तम मासमा धेरै भक्तहरुकाे उपस्थिति रहेकाे थियाे नरसिंह धाममा ।गुरुकुल पनि रहेकाे छ उक्त स्थानमा ।शनिबार ,बिदाकाे दिनमा अहिले पनि उक्त स्थानमा भक्तहरुकाे भीडभाड हुने गरेकाे पाईन्छ । नरसिंह धामले अहिले उक्त क्षेत्रमा पर्यटनकाे सम्भाव्यता पनि बढाएकाे छ।तपाईहरु पनि एकपटक नरसिंहधामकाे अवलाेकन गर्नुहाेला ।। कसरी जाने नृसिंह धाम अन्याेल हुनसक्दछ धादिङ्गबेसीबाट सल्यानटारको बसको यात्रा करिब एक घण्टा ४५ मिनेट,धादिङ्गबेसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्यांकी भन्ने ठाउँसम्म पुर्‍याउँछ।
त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेटमा नरसिंह धाम परिसर पुग्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here