मर्दी बेसक्याम्पको अविस्मरणीय पदयात्रा (तस्बिर सहित)

विपिन प्रसाद गुरागाँई: तारकेश्वर – ६ । कास्की जिल्लाकाे माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ र ९ मा पर्ने मर्दी पदमार्ग अहिले धेरैकाे राेजाईमा पर्ने उत्कृष्ट गन्तव्य हाे ।
हामी पनि तिहारकाे भाेलिपल्ट मर्दी जाने कुरा भयाे । म ,शिखा सुवेदी र उसकाे दुईजना साथी अनिता डंगाेल , अनि मनिषा सापकाेटाकाे टीम ।

बसपार्कमा बिहान ७ बजे जम्मा भयाै र पाेखराकाे बसकाे टिकट लिएर यात्रा शुरु भयाे । शिखा तिनथाना बाट बस चढिन् । बनिरहेकाे बाटाे सुरुङ्गमार्ग ,मुगलिङ्गपारि पनि बाटाे बनिरहेकाेले बिहान ८ बजे चढेकाे बस पाेखरा पुग्दा लगभग ६ नै बजिसकेकाे थियाे । त्याे दिन पाेखरा नै बसेर भाेलिपल्ट बिहानै ५ बजे ट्याक्सी लिएर पाेखरा ,बागलुङ्ग सडकखण्डमा पर्ने कांडेमा उत्रियाै लगभग ७ बजिसकेकाे थियाे । त्यहाँ चिया नास्ता खाएर यात्रा अघि बढ्याे । लगभग डेढ घण्टाकाे यात्रा पछि अष्ट्रेलियन बेसक्याम्प पुग्याैं। हिमालकाे सुन्दर दृश्य अ‍ाँखा अघि देख्दा मन नै पुलकित भयाे । एकछिन हिमाल नियाल्दै फेरि अघि बढियाे ।अर्काे स्थान पाेथाना पुग्याैं । त्यसपछि फेरि एक घण्टा ४५ मिनेटमा टाेल्का पुगियाे । विश्राम गर्दै यात्रा जारी थियाे त्यसपछिकाे स्थान पितम देउराली (२१०० मि.) पुग्याै ।त्यसपछि दूधखर्क (२५५० मि.) ,मुसलबारी,काेकर ( फरेष्ट क्याम्प २५५० मि.) ,चुप्रुङ्ग हुँदै लगभग डेढ घण्टामा रेष्ट क्याम्प (२६०० मि.) गएर पहिलाे दिनकाे पदयात्रा टुङ्गियाे । हाेटल गाेल्डेन भ्युमा बास बसियाे । राति अन्य साथीभाईहरुसंग गीत गाउँदै ,अ‍ागाे ताप्दै रमाईलाे भयाे ।भाेलिपल्ट बिहान चिया ,नास्ता गरेर ८ बजेतिर माथि उक्लन थाल्याै। केही बेर पछि कमकिकु (२७५० मि.) पुगियाे । रेष्टक्याम्पबाट लगभग १ घण्टामा बादलडाडा (३३०० मि.) पुग्दा त मन अति खुशी अ‍ाँखा अगाडि झलल हिमाल टल्कने नाम अनुसार फेरि एकैछिनमा बादलले छाेप्ने अति अ‍ानन्ददायक पल थियाे । त्यसपछि हाम्राे दाेस्राे दिनकाे गन्तव्य हाई क्याम्प (३५५० मि.)पुग्याै दिउसाे २ बजेतिर लगभग ५ घण्टाकाे निरन्तर यात्रापछि। चिसाे माैसम थियाे हामी भित्र नै गफमा मस्त ,बाहिर अ‍ाकाश खुल्नासाथ हिमाल हेर्न फाेटाे खिच्न हतपत बाहिर निक्लियाै। छिनमै फेरि हरायाे हिमाल देखिन छाेड्याे ।त्याे दिन ६ बजेतिर नै खाना खाएर सुत्न काेठामा गईयाे। चिसाे माैसम खासै निन्द्रा परेन राति ३ बजे नै उठेर हामी बेसक्याम्पकाे लागि अघि बढ्याै ।लगभग २ घण्टामा भ्यु प्वाईन्ट पुगेर सूर्याेदयकाे लागि कुरेर बस्न थाल्याै।बाटाेमा टर्च लाईटहरु डाडाभरि कमिलाकाे ताती जस्ताे देखिन्थ्याे ।उज्यालाे हुँदै थियाे ६:१५ तिर बिस्तार सूर्याेदय हुँदै थियाे सबै प्रतिक्षामा थियाेै।चिया पिउँदै सूर्याेदय पछि हिमाल झलल देखिन लाग्याे । सबै फाेटाे,भिडियाे तिर लागे ।हामी पनि हिमाललाई नजिकबाट नियाल्दै बेसक्याम्पकाे लागि अघि बढियाे। लगभग डेढ दुई घण्टामा माथि मर्दी बेसक्याम्प पुगियाे ।४५५० मिटरमा रहेकाे बेसक्याम्पबाट अ‍ाँखा अगाडि माछापुच्छ्रे,अन्नपूर्ण ,मर्दी हिमाल देख्दा मन अति अ‍ानन्दित बनायाे । १ घण्टा त्यही दृश्य नियाल्दै फर्किन थालियाे तलतिर । त्याे भन्दा माथि पनि अपर भ्यु क्याम्प रहेछ ४९०० मिटरमा जहाँ चाहिँ मर्दी हिमाल चढ्ने पर्वताराेही ,तथा पर्यटकहरु जाने गर्दछन् ।तल हाई क्याम्प झरेर चिया नास्ता गरि तल झर्न थाल्याै ।लाेक क्याम्प अ‍ाईसकेपछि सिडिङ्गकाे बाटाे झरियाे ।सिडिङ्गबाट जिप चढेर पाेखरा,भाेलिपल्ट बसकाे यात्रा काठमाण्डाै। यसरी हाम्राे मर्दी बेसक्याम्पकाे पदयात्रा समापन गरियाे ।