धादिङ । रुबीभ्याली ५ लापामा ख्रीष्टमस विशेष कार्यक्रम हुने भएको छ । इसाई धर्मका प्रबर्तक जिसस क्राइस्तको जन्म दिनको अवसरमा विश्व भर मनाइने ख्रीष्टमसको अवसरमा रुबीभ्याली गाउँपालिका वडा न. ५ र ६ साबिकको लापा गाबिसका १० मण्डलीहरु द्वारा संयुक्त रुपमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा प्रमुख आतिथ्य रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङको सहभागीतामा र प्रमुख बक्ता रुबीभ्याली गाउँपालिका इसाई समाजका अध्यक्ष सुमन घले लगायत पास्टर, अगुवा, इसाई धर्मावलम्बीहरुको भब्य सहभागीतामा कार्यक्रम हुने आयोजक समितिले होराईजन खबरलाई जानकारी दिए ।






