राष्ट्रपति पौडेलले एक महिनाको तलब भूकम्प प्रभावितलाई दिने


काठमाडौँ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित नागरिकलाई राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सहयोग गर्ने भएका छन् । 

भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना लागि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका हुन् ।

कोषमा  राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here