कला/सााााहित्य । हिहदिन रे बार ,न चिट्ठी दिन्छौ, न गर्छौ खबर
संसार पुरै , हल्लाइ दिन्छौ , तिमिछौ जबर
भुकम्प तिमी, निर्दयी भयौ , मानिस सारा को
दु:खै मा दु:ख, थपेर जान्छौ, यस्तो के पारा हो
भुकुम्प तिमी ,चिन्ताको भारी ,त्रास बन्यौ मनको
न बुझ्ने पीडा, अबस्था कस्तो, नेपाली जनको
निर्जीव तिमी , भुकम्प भन्ने , तागतिलो हुरि
अदृश्य भइ , आउने तिमी, के सार्हो निष्ठुरी
कहिले बझाङ ,कहिले दार्चुला, कहिले रुकममा
भुकम्प तिम्रै आतंक भयो, यो हाम्रो नेपालमा
हिजोनि लग्यौ ,अस्तिनी लग्यौ, सयौँको संङ्ख्यामा
न बुढा भन्यौ, न बच्चा छोड्यौ, मिलायौ माटोमा
काठमाडौ नि ,बहत्तर साल ,कयौँका ज्यान गाथे
कयौँको खाली , सिउँदो बने , टुहुरा नि भाथे
पर्भुले पनि तिमुलाइत , रोक्ननी सक्दैन
भुकम्प तिमी ,पापी हौ पापी ,अरु म जान्दैन
कुनजुनिमा, के गर्यौँ पाप ,सजाय दिदैछौ
बेलाबेलामा , कम्पन बनी ,ज्याननी लिदैछौ
मानिसको क्षती, भएर आयो , यो असी सालमा
तिहारको मुखमा जाजरकोट भुकम्प कालमा
पिडित जन ,जोजति छन् ,जिउँदा शासको
ब्यवस्था गर्नु , हे सरकार , गासरे बासको
स्वास्थलाभको ,कामना छ है ,घाइते मनमा
श्रद्धाञ्जली, अर्पण गर्छु , मृत्कक जनमा
कविता ,
झ्याउरे छन्द
शीर्षक -भुकम्प तिमी निर्दयी बन्यौ नेपाली साराको
पारस भट्ट (प्यासी) ,
मेलौली दुई बैतडी