काठमाडौं ।महानगरपालिकाका मेयर बालेन शाह नेपाल-भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का गएका छन्।
मेयर शाह आज अपराह्न ४ बजे एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का उडेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि खेलाडीको हौसला बढाउनका लागि भन्दै श्रीलङ्का गएका छन्।
श्रीलङ्काको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।