काठमाडौं । ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । विगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले शनिबार काठमाडौंको नक्सालस्थित क्राउन प्लाजामा ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको हो ।
ट्यालेन्ट राउण्डमा १३ जना प्रतिस्पर्धी रहेका थिए भने उनीहरुले आ-आफ्नो ट्यालेन्ट देखाएका थिए । कसैले आफ्नो गायन कला देखाएका थिए भने कसैले नृत्य तथा कविता वाचन प्रस्तुत गरेका थिए ।प्रतिस्पर्धीहरुमा सरिता तामाङ, लक्ष्मी तामाङ, शर्मीला तामाङ, देउती तामाङ, मिना योक्शो तामाङ, दुर्गा तामाङ, मनिषा तामाङ, विनिता तामाङ, मोनिका गुरुङ, इच्छुला तामाङ, शर्मीला तामाङ, जुठी तामाङ र सुस्मिता तामाङ रहेका छन् ।
पूर्वकानून राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा भएको ट्यालेन्ट राउण्डको विशेष अतिथिहरुमा परशुराम तामाङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे र साधना कला केन्द्रका संस्थापक मिलन मोक्तान रहेका थिए । ट्यालेन्ट राउण्डको निर्णायकहरुमा विश्व दोंग, अशोक तामाङ, एम बी गुरुङ, राधा थोकर र निलम गुरुङ रहेका थिए ।आफ्नो आत्मविश्वास बढाएर भोलिका दिनमा प्रशिक्षणबाट सिकेका कुराहरूलाई उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको प्रबन्ध निर्देशक तामाङले बताइन् ।
एसके इन्टरटेनमेन्ट प्रा.लि.ले मिसेस तामाङ, मिस एण्ड मिसेस गुरुङ, मिस एण्ड मिसेस इण्डिजिनियस जस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ ।