कलेजोको क्यान्सर पीडित नारायण कुमार श्रेष्ठको उपचारमा आर्थिक अभाव: सहयोगको लागि अपिल

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका १४ धुवाकोट निवासी  नारायण कुमार श्रेष्ठ बिगत केही महिना देखि कलेजोमा  समस्या भै थप चेक जाँच को लागि भारतमा गई पुन चेकजाँच गराउदा कलेजो को क्यान्सर भएको भनी पुष्टि भई हाल नेपाल क्यान्सर हस्पिटल हरिसिद्दी ललितपुरमा उपचार भइरहेको छ, हालसम्म २० लाख खर्च भईसकेको र  डाक्टरको भनाई अनुसार बाकी थप अप्रेसन को लागि र ट्रान्स प्लान्ट को लागि ५० लाख लाग्ने भनेको हुँदा, निजले आफ्नो म्याजिक भ्यान , जग्गा बिक्री गरि उपचार गराईरहेको र अब थप उपचारको लागि आर्थिक स्थितिको कारणले  समस्या भएकोेले , “सानो सानो थोपा ले समुन्द्र बन्छ” भने झैँ,

सानो सहयोग ले उसले नयाँ जीवन पाउछ भने, कृपया आफुले सक्ने सहयोग गरौं , तपाईं हाम्रो सानो सहयोगले उसलाई नयाँ जीवन दिन को लागि निज नारायण कुमार श्रेष्ठ को खाता NIC ASIA Bank Ac No. E587483493524001 मा देश बिदेश मा बस्नुहुने सम्पूर्ण दाजुभाइ , दिदिबहिनी हरुलाई सहयोगको लागि हार्दिक अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here