खनियाबासमा लम्पी स्किन रोगले २५ गाईबस्तुको मृत्यु, ८ सय विरामी: गाउँपालिका मौन

धादिङ । उत्तरी धादिङको खनियाबस-१, झार्लाङमा पनि गोरुमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ ।

भेटेरिनरी तथा पशु सेवा शाखा खनियाबासका पशु चिकित्सक रबिना  तामाङका अनुसार खनियाबस गाउँपालिका–१ मा धेरै गोरुमा लम्पी स्किनको लक्षण देखिएको छ ।
उनका अनुसार गोरुलाई १ सय ४ डिग्रीको ज्वरो आएको छ ,गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा रहेको उनले बताए । बिरामी गोरुले घाँस पनि कम खाने गरेको उनले बताए ।
किसानले गोरु बिरामी भएको खबर गरे पछि  उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण व्यापक देखिएको चिकित्सक रबिना तामाङले बताए, गोरुहरुलाई लम्पी स्किन रोग विरुद्धको खोप भने,  दिइएको छैन ।

खनियाबास गाऊँपालिकामा यसअघि लम्पी स्किन रोग देखिएको थिएन ।अहिले यो रोग लागेर गाऊँपालिका भरिमा २५ ओटा गाईबस्तुहरु मरेका छन, त्यस्टै,८०० ओटा गाई बस्तुमा संक्रमित छन, व्यापक रूपमा लम्की स्किन रोग लाग्दा पनि उपचार भने ,कहि कतैबाट भएको छैन,पालिका;का जनप्रतिनिधि, कमर्चारीहरुले खोप ब्यबस्था गरिदिए पनि किसानहरुले भने महँगो मुल्यमा वडाका भेटनरी चिकित्सासंगै महँगो मुल्यमा औषधी किन्न बाध्य छन।

‘लम्की स्किन विरुद्धको केहि  डोज खोप गाऊँपालिकामा ल्याए पनि व्यापक रूप गाईवस्तुहरुलाई रोग लाग्न थाले पछि, भेटनरीमा भएको औषधीले नपुग्ने अवस्था भएपछि ,कुनै पनि वडामा खोप लगाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here