धादिङ । जिल्ला सदरमुकाममा धादिङ बेसिमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरुभएको छ । १ हजार ०८० मतादाता रहेको यस क्याम्पसको चुनाव चैत ५ गते नै हुने गरि उम्मेदवारी मनोनयन गरिए पनि विद्यार्थीहरुकै सहमतिमा चुनावको मिति परिवर्तन गरि चैत ८ गतेलाई सारिएको थियो ।
यस क्याम्पसको स्ववियु सभापतिमा ३ जनाको प्रतिपर्धा रहेको छ । सभापतिमा नेवि संघका कविराज श्रेष्ठ, अखिल (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल र एमाले निकट अनेरास्ववियुबाट आमोस थापा तामाङ बीच प्रतिपर्धा हुने भएको छ । आमोस तामाङलाई राप्रपा निकट राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सघाउने बताईएको छ ।
धादिङमा अहिले सम्म ६ स्ववियु चुनाव सकिएको छ।