अन्तरास्ट्रिय खबर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निमन्त्रणा गरेपछि चीनका राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणको लागि रूस जाने भएका छन् ।
सीले मार्च २० देखि २२ सम्म रूसको भ्रमण गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले युक्रेनमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको बेला यो भ्रमण हुन लागेको हो ।
रूसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि फेब्रुअरी २०२२ मा पुटिनले शीतकालीन ओलम्पिकको उद्घाटनका लागि बेइजिङको भ्रमण गर्दा चीन र रूसले ‘नो लिमिट’ साझेदारी गरेका थिए ।
त्यसपछि दुवै पक्षले आफ्नो सम्बन्ध बलियो गराउने प्रयास गरेका छन् । युक्रेन आक्रमणपछि दुई देशबीचको व्यापार बढेको छ ।
चीन रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता समेत हो । मस्कोको लागि चिनियाँ व्यापार राजस्वको प्रमुख स्रोत हो ।