अभिनेत्री मनिषा कोइराला काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्दे

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले परिवर्तनको सम्भावना देखें भने राजनीतिमा आउन सक्ने बताएकी छन् । भूपेन्द्र खड्का पडकास्टसँगको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । नेपाली राजनीतिमा आउनसक्ने अड्कलबाजी चलिरहेको बेला मनिषाले सही सामाजिक कार्यमा काम गर्नुपर्छ कि भन्ने सोचेको पनि बताएकी छन् ।
दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन । राजनीतिभन्दा पनि अध्यात्मतिर छ ।’ उनले राजनीतिभन्दा पनि सामाजिक सेवातर्फ आफू लाग्ने बताएकी छन् ।
हजुरबुवा समेत रहेका कांग्रेस संस्थापक बीपी कोइरालाको सपना पूरा भएको हेर्न चाहेको समेत उनले बताएकी छन् । आफूले काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्न लागेको समेत मनिषाले बताएकी छन् । उनले भनेकी छन् ‘मलाई नेचर चाहिन्छ । काठमाडौं आउँदा मलाई सेन्स अफ जोय महसुस हुन्छ ।
आधा घण्टामा म बुढानीलकण्ठ जगिङमा जान सक्छु । साइक्लिङ गर्न सक्छु । मनिषा पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यनको पनि मुख्य भुमिका रहेको छ । तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here