धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम बिहीबार धादिङ बेसिमा सम्पन्न भएको छ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ मा शनिबार जिल्ला भेला तथा ‘फोनिजको अभियान संचारमा पहिचान ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा जिल्लाको विभिन्न संचार गृहमा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो ।
जिल्ला अध्यक्ष अर्जुन श्रेष्ठले धादिङ जिल्लामा रहेका हरेक सन्चार गृहमा आवद्ध आदिवासी पत्रकारहरुलाई सदस्य वितरण तथा संगठित गर्दे आदिवसाी जनजातिको अधिकार र आदिवासी पत्राकारको क्षमता अभिवृद्धि गराउनका लागि योजनाबद्ध रुपमा कार्यक्रमहरु सान्चालन गर्ने गर्नुका साथै आदिवासी जनजाति पत्रकारहरुको हक सुनिश्चित गर्न गराउन सम्पुर्ण आदिवासी जनजाति पत्रकारहरु एक हुन आग्रह समेत गरेका थिए ।