न्यूजिल्याण्डमा ६.१ म्याग्नेच्युटकाे भूकम्प

काठमाडौ । न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प मापन गरिएको छ । त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् । 
ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेन्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ । 
जियोनेटका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७.३७ बजे पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा ४८ किलोमिटर गहिराइमा गएको थियो । 
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ ।  वेलिङ्टन क्षेत्र आपतकालीन व्यवस्थापन कार्यालयले परकम्प आउन सक्ने बताएको छ । 
६.१ तीब्रताको भूकम्प आएको केही समयपछि ४.० को अर्को पराकम्प मापन गरिएको छ ।  हालसम्म क्षतिको कुनै  खबर छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here