यातायात मजदुरको जायज मागको सम्बोधन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशरण महतले गोंगबु नयाँ बसपार्कमा भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा डा. महतले गोंगबु नयाँ बसपार्कमा  अराजकता भएको भन्दै यातायात मजदुरको जायज माग सम्बोधन गर्न आग्रह गरे । अराजक घटनामा संलग्नलाई कारबाही गर्न पनि उनले माग गरे ।
‘नयाँ बसपार्कमा भएको घटना अत्यन्त गम्भीर छ । साना व्यवसायीहरू लुटिएका छन् । दिनदहाडै लुटपाट मच्चिएको छ र सरकारले शान्तिको प्रत्याभूति दिन सकेन’ उनले भने ।
मजदुरहरूको आन्दोलनमा अरू कोही प्रवेश गरेको हो भने त्यसको छानबिन गर्न पनि महतले माग गरे ।
नेपाली कांग्रेसको प्रवक्ता समेत रहेका महतले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here