काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो।
MORE STORIES