खनियाबासका कामिरोङ तामाङले कृषि नर्सरी भवन निर्माणको लागि २ रोपनी जग्गा निशुल्क दान

धादिङ । खनियाबास ३ कुरिमा बन्न लागेको पालिका स्तरीय कृषि नर्सरी भवन निर्माणको लागि आवस्यक जग्गा सोही वडाका समाज सेवि एबं बुज्युलुङ युङबा बाबु समूहका अध्यक्ष समेत रहनु भएका कामिरोङ तामाङ द्वारा निःशुल्क २ रोपनी जग्गा दान दिनु भएको छ ।

उक्त भवन निर्माणको लागि प्रदेश सरकार बाट सशर्त अनुदान ८० लाख र पालिका बाट २० लाख गरी जम्मा १ करोड बजेटमा बन्न लागिएको पालिका उपाध्यक्ष सेकेमान तामाङको सचिवालयले होराईजन खबरलाई जानकारी गराउनु भयो ।

साथै कामीरोङ तामाङ नेकपा माओवादी केन्द्र खनियाबास गाउँ संगठनका सदस्य समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here