केरुङ नाका फेब्रुअरी ५ सम्म बन्द हुने

रसुवा । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ २ साताका लागि बन्द भएको छ। शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि नाका बन्द गरेको हो । 

नाका बन्द भएपछि  आयात निर्यात ठप्प भएको छ। कोभिडका कारण ३ वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन। गत १२ पुसदेखि नाका खुला भएको थियो।
 
कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनले नयाँ वर्ष र ल्होछार पर्वका लागि भनेर आगामी फेब्रुअरी ५ सम्म नाका बन्द गरेको छ।
 
नाका खुलेको एक महिनामा नेपालबाट करिब ६ करोड रुपैयाँ बराबरका ३९ कन्टेनर सामान चीन निर्यात भएको कार्यालयले जनाएको छ। नेपालबाट जसमा बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान रहेको भन्सार कार्यालयले जनाएको छ। चीनबाट भने दैनिक १४ कन्टेनरका दरले सामान नेपाल आउने गरेको कार्यालयले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here