बुर्किना फासोमा गोलि हानि २८ जनाको हत्या

अन्तरास्ट्रिय खबर । बुर्किना फासोको उत्तर-पश्चिमी सहर नोउनामा गोली हानि मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ। एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाए।
दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ।
सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ। सरकारले ३० र ३१ डिसेम्बरमा शवहरू फेला पारेको बताएको छ।
उसले अस्वीकार्य हिंसा’ को निन्दा गरेको छ र शान्त हुन आह्वान गरेको छ। ‘अनुसन्धानको नतिजा आउन बाँकी छ। सरकारले आतंकवाद विरुद्धको लडाईमा एकताबद्ध कार्यका लागि सम्पूर्ण जनतालाई परिचालन गर्न थालेको समयमा यो घटना भएको हो’, सरकारद्वारा जारी विज्ञप्तिमा थपिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here