मकाउको रोजगार तीन वर्षपछि खुल्यो, कुन कुन क्षेत्रमा काम गर्न पाइने

काठमाडौं । मकाउमा नेपाली कामदारका लागि वैदेशिक रोजगारी खुलेको छ । मकाउ तीन वर्षअघि नेपालीहरु सेक्युरिटी गार्ड र हस्पिटालिटी क्षेत्रको रोजगारीमा जाने गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँगै मकाउ रोजगारी बन्द भएको थियो । सरकारले पनि मकाउ रोजगारी खुलाउन पहल नगरेको रोजगार व्यवसायीहरुले आरोप लगाउँदै आएका थिए ।
 
मकाउ लामो समयदेखि नेपाली सेक्युरिटी गार्डका लागि सुरक्षित रोजगारगन्तव्य देशका रुपमा रहेको छ । कोरोना महामारीका कारण रोकिएको मकाउमा कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति जारी गर्ने भएको छ । श्रम मन्त्रालयले श्रम स्वीकृति जारी भएसँगै मकाउ रोजगारी खुलेको हो । 
 
मकाउको क्यासिनोहरुमा पर्यटक बढ्न थालेपछि नेपाली सेक्युरिटी गार्ड र हाउस किपिङ जस्ता हस्पिटालिटी क्षेत्रमा कामदारको माग आउन थालेको रोजगार व्यवसायीहरुले बताउन थालेका छन् । मकाउमा साानो टापुमा भएको देश हो । यहाँ करिब ४० वटाभन्दा बढी क्यासिनो सञ्चालनमा हङकङ सरकारले जनाएको छ । ती क्यासिनोहरुमा सेक्युरिटी गार्ड प्रायः नेपाली नै रहेको श्रम मन्त्रालयको अनुमान छ ।  
मकाउमा होटेल, क्यासिनो तथा सप्लायर कम्पनीहरुमा सेक्युरिटी गार्ड, क्लिनर, हाउसकिपिङ, कुक, वेटर तथा जेल गार्डमा नेपाली जाने गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । 
नेपाली सेक्युरिटी गार्डहरुले मकाउमा राम्रो तलब र सुविधा पाउने भएकै कारण त्यहाँको रोजगारी नेपाली युवाको हकमा आकर्षण छ । मकाउमा सेक्युरिटी गार्डले महिनामा कम्तिमा १८ हजार हङकङ डलर करिब (तीन लाख रुपैयाँं) कमाउने गरेका छन् । 
 
श्रम मन्त्रालयले खाडी तथा मलेसियाको जोखिमयुक्त र परम्परागत वैदेशिक रोजगारीलाई नयाँ श्रम गन्तव्य खोजेर सिफ्ट गर्ने नीति कार्यान्वयन गरिरहेको छ । सरकारले तत्काल देशभित्र रोजगारी सिर्जना नभएसम्म सुरक्षीत वैदेशिक रोजगारीमा कामदार पठाउने श्रम सचिव एकनारायण आर्यालले जानकारी दिए । तत्काल हामी सुरक्षीत वैदेशिक रोजगारी आवश्यक छ । त्यही भएर कामदारको सुरक्षा महत्वपुर्ण विषय भएको उनको भनाइ छ । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here