धादिङ । विकास भनेकाे ठूला ठूला विषय मात्रै हाेइनन् । साना मसिना कुरामा ध्यान पुर्याउनु पनि हाे । धादिङ बेसीमा फुटपाथ थिएन बन्याे राम्रो भयाे ,सडक नै ढाकेर हिड्ने चलन थियाे हटेर फुटपाथबाट हिड्ने बानी बसिसकेकाे छ तर फुटपाथबाट हिड्न पनि निकै सास्ती खेप्नुपर्छ । त्यसैले यतिराम्राे विकासकाे पनि सजिलाे अनुभव हुन सकेकाे देखिंदैन । धेरै ठाउँमा फुटपाथ छेक्ने गरेर टिनकाे छाना हालिएकाे छ । सडक पेटीलाई कहरपूर्ण बनाइएकाे छ । दायाँबायाँ पसलका सामान झुन्ड्याएर सडक पेटी नै गुफाजस्ता बनेका छन् । किराना पसलले सामानका बाेरा , क्रेटहरु राखेर दुईजना हिड्न पनि गार्हो बनाइदिएका छन् । त्यसमा पनि पसलेहरुले मुडा राखेर बाटैमा बसिदिन्छन् जसले गर्दा हामी फुटपाथेहरुलाई सडकमा झरेर नहिडी सुखै छैन ।
घर पछाडि वा भित्र निर्माण भैरहेकाे भए पूरै सडक पेटी छेकेर बालुवा ,रड वा अन्य सामग्री राखिएकाे भेटिन्छ । त्यतिराम्राे सडक पेटीका ब्लकहरु उप्काएर पशुपति मार्गपटी एक घरमा त माेटर साइकल हिडाउने बाटाे नै बनाएछन् । दुरसञ्चार तल एक ठाउँमा फलामकाे ढकनी भाँचिएर बालबालिका खस्न सक्ने भ्वाङ् परेकाे छ । साना स्कुले नानीहरु फस्ने सक्ने भय छ ।
पुछार बजार पेट्रोल पम्प पछाडि निकै खर्च गरेर पुल बनेकाे छ तर त्यसले बारपार गराउन सकेकाे छैन । त्याे पुलबाट पुछार बजार बाटाे जाेडिदिन सके कति राम्रो हुन्थ्याे ।
यसवर्ष अरुङ खाेलामा ठूलाे बाढी अाएर तहस नहस बनायाे । त्यसपछि नदी,खाेला , किनारलाई नापनक्सा पनि गरियाे तर खाेला किनारा बाँकि नरहने गर संरचना निर्माण अझै युध्दस्तरमा भैरहेका छन् । त्याे दृश्यले सबैलाई गिज्याइरहेका छन् ।
सहरी सभ्याताका यी कुरुप परिदृष्यहरु हुन् ।
पहिले त सभ्य नागरिक भए हामी अाफै सच्चिने हाे । हाम्राे नगर सभ्यतालाई अाफैले सुसंस्कृत र रहरला्ग्दाे बनाउने हाे तर बिगारिरहेका छाै अाफैले ।
दाेस्राे हामी समाज रुपान्तरण गर्दछाै । समाज बदल्छाै । एतिहासिक काम गर्नेछौं भन्ने राजनीति दल,उद्योग वाणिज्य संघ,नगरपालिका ,प्रहरी प्रशासन जस्ता निकायलाई सायद याे कुराकाे चासाे रहन्छ रहँदैन मलाई थाहा छैन तर विकास निकायहरुका लागि यस्ता दृश्यले खसखस लाग्नुपर्ने हाे ।
लाग्दाेरहेनछ ।