आज बर्ष कै सबै भन्दा लामो रात

काठमाडौं । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ।  पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने आज वर्षको लामो दिन र छोटो रात पर्छ।

सबैभन्दा छोटो दिनलाई विन्टर सोल्स्टाइस भनिन्छ।
हरेक वर्ष जाडोमा हुने सोल्स्टाइसको समयमा उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ। जसकारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात लामो हुन्छ।
अन्य ग्रहजस्तै पृथ्वी पनि २३.५ डिग्रीमा झुकेको छ। झुकेको अक्षमा पृथ्‍वीको परिक्रमाका कारण सूर्यका किरणहरु एक ठाउँमा बढी र अर्को ठाउँमा कम पर्छन्।
भारतीय ज्योतिषमा यसलाई मकर सायन भनिन्छ।
जाडो सोल्स्टाइसको समयमा दक्षिणी गौलार्द्धमा अधिक सूर्यको प्रकाश हुन्छ र उत्तरी गोलार्द्धमा कम प्रकाश हुन्छ।  यसकारण यसदिन सूर्य दक्षिणी गोलार्द्धमा लामो समयसम्म रहन्छ जसका कारण आज दिन लामो हुन्छ। 
अर्जेन्टिना,अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्‍ता देशमा आजबाट गर्मी सुरु हुन्छ। हरेक वर्ष यो सोल्स्टाइस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिक बताउँछन्।
के हो सोल्स्टाइस​ ?
सोल्सटाइस ल्याटिन शब्द हो। यो सोल्सिटमबाट आएको हो। ल्याटिन शब्द सोलको अर्थ सूर्य र सेस्टेयरको अर्थ स्थिर हुनु हो। यसको अर्थ हुन्छ ‘सूर्य स्थिर’ छ। यही प्राकृतिक परिवर्तनका कारण डिसेम्बर २२ मा सबैभन्दा छोटो दिन र लामो रात हुन्छ। यो खगोलिय घटना हो। कतिपय मुलुकमा आजको दिनलाई उत्सवका रुपमा मनाउने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here