धादिङ । रुबीभ्याली गाउॅ पालिकाको निमन्त्रणामा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर पण्डित रुबीभ्याली गाउँपालिकामा आउनु भएको रामसिङ तामाङले बताउनु भयो ।
रुबिभ्याली भ्रमणको क्रममा पण्डितले निर्माणाधिन सडकहरुको अनुगमन गर्नुको साथै बागमती प्रदेश सरकारले रुबिभ्याली गाउँपालिकालाई प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्न बिनियोजित रु १० करोड के कसरी कुन बिषयलाई प्राथमिकता दिने बिषयमा पालिकसंग छलफल सञ्चालनको साथै आफ्नो सेवा अवधिमा पाएको अनुभवलाई पिछडिएको रुबिभ्यालीको बिकासमा पनि समन्वय गरी अघि बड्ने बचन व्यक्त गर्नु भयो ।