निर्वाचन पर्यवेक्षकका लागि नियाेक धादिङको अभिमुखिकरण कार्यक्रम सम्पन्न

धादिङ । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियाेक) धादिङले पर्यवेक्षकहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । धादिङ जिल्लाभर १५ जना पर्यवेक्षकहरुले ६ वटा पालिकामा रहेकाे मतदान केन्द्रमा रहि परिवेक्षण गर्नेभएका छन् ।

निर्वाचन स्वच्छ , निष्पक्ष र भय रहित बनाउन पर्यवेक्षकहरूले विशेष ध्यान दिनुपर्ने प्रशिक्षक कृष्णराज अधिकारीले बताउनु भयाे । पर्यवेक्षकहरूले कुनै पनि उम्मेदवार वा पाटिकाे भाेट नमाग्न र सामाजिक सञ्जालकाे दुरूप्रयाेग नगर्नहुनु प्रशिक्षक ईश्वर थापा मगरले बताउनु भयाे । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि पनि मतगणना लगायतको पर्यवेक्षण गर्ने हुँदा निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्न मगरले आग्रह गर्नुभएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका (नियोक) धादिङका अध्यक्ष शालिकराम दुवाडीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा १५ जना पर्यवेक्षक हरूकाे सहभागिता थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here