धादिङ । २०३३ सालमा धादिङ जिल्ला रुबिभ्यालीको सेर्तुङ बोराङमा जन्मिएका तामाङ हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य छन् । उनको आफ्नो व्यवसाय भने कन्स्ट्रक्सन कम्पनी रहेको छ । उनीसँग विकसित देशहरुमा गएर काम गरेको राम्रै अनुभव समेत रहेको छ । उनको अध्ययन आईएसम्म रहेको छ । उनी प्रखर वक्ता र बौद्धिक छवि भएका युवा नेताका रुपमा चिनिन्छन् ।
तामाङले गर्नुपर्ने कामको भावी योजना मुख्य रुपमा आफ्नो क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई वर्गीकरण सहित तयारी अवस्थामा रहेको समेत बताए ।
तामाङ पूर्वगृहमन्त्री एवं राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङका भाई समेत हुन् । तामाङ ०७४ को चुनावमा पराजित भएका पुनः आउने मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले र राप्रपाको तालमेलमा धादिङ जिल्ला प्रदेशसभा क्षेत्र नं. २ (ख) तर्फ उम्मेदवारी दिएसँगै तामाङको चर्चा चुलिएको छ ।
तामाङ गठबन्धनभित्रको असन्तुष्टि र एमालेको साथमा निर्वाचन जित्ने दाउमा छन ।
तामाङले गर्नुपर्ने कामको भावी योजना मुख्य रुपमा आफ्नो क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई वर्गीकरण सहित तयारी अवस्थामा रहेको समेत बताए । उनले आफुलाई एकपटक भोट हालेर हेरिदिनुहुन भनि भोटरहरुमा अनुरोध समेत गरेका छन् ।