रुबीभ्यालीको कालो सेतो कुण्डको ५ दिने भ्रमणमा धादिङ अपांग कल्याण संघ

कार्तिक – १२, रुपक गुरुङ । धादिङ अपांग कल्याण संघ र काठमाडौ तार्केश्वरको ग्रुप रुबीभ्यालीको सुन्दर तातोपानी सहित कालो सेतो कुण्डको ५ दिने भ्रमणमा प्रस्थान गरेका छन ।

राजधानी काठमाडौ देखी नजिकै रहेको सुन्दर गाउँपालिका रुबीभ्याली र त्यसै पालिकाको प्रमुख पर्यटन क्षेत्रको रुपमा रहेको तातोपानी र कालो सेतो कुण्डको अबलोकन गर्न हिजो शुक्रबार धादिङ बेसि बाट बोराङ बास बसि आज तातोपानीमा स्नान पश्चात् हिन्दुङमा बास बस्ने र भोलि कालो सेतो कुण्ड तर्फ प्रस्थान गरिने भ्रमणमा सहभागी रुपक गुरुङले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here