आज बाट नेपाल संवत् ११४३ सुरू, नेवार समुदायले नयाँ वर्ष मनाउदै

काठमाडौँ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८००) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।
 

काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा, पाल्पा, चित्लाङ, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायतका स्थानमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन नेवारी परम्परा र संस्कृति झल्कने भेषभूषा, बाजागाजा, नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं सम्बर्धनका कार्यक्रम गरिन्छ ।

यस अवसरमा शुभकामना आदानप्रदान गरी दिनभरि नाचगानका साथ गाउँ, टोल, सहर तथा सडकमा विभिन्न झाँकी एवं ¥याली निकाल्ने गरिन्छ । यसलाई नेपालभाषामा ‘न्हूँः दँयाः भिन्तुना’ भन्छन् ।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here