धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ५ नेबेर गाउँका युवा सुब्बा तामाङलाई भालुले आक्रमण गरि गम्भीर घाईते भएका छन ।
शुक्रबार उनी खुल्ला चौरमा गाईबस्तु चराउदै गर्दा एक्कासी भालुले आक्रमण गरेको हो । घाईते तामाङ्को दुवै हात खुट्टा र अनुहारमा गम्भीर चोट लागेको छ। घाईते तामाङ्लाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरि आज शनिबार विहान हेलिकप्टर बाट थप उपचारको लागि काठमाण्डौँ लगिएको वडा अध्यक्ष प्रसान्त तामाङले बताउनुभयो ।
करिब एक बर्ष अगाडि उक्त वडाकै हिन्दुङ गाउँका एक महिलामाथि पनि आक्रमण गरेको थियो । बर्षेनी जंगली जनावारको आक्रमणमा परि मानिसहरु घाईते हुँदा स्थानीय बासीहरु आताङ्कीत बनेका छन् ।यस्ता जंगली जनावारको आतङ्का बाट बच्नलाई केन्द्र तथा प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने त्यहाँका स्थानीयको माग रहेको बताउदै स्थानीय सरकारले गर्नुपर्ने कार्य पुृर्णरुपमा गरिने वडा अध्यक्ष तामाङ्ले बताउनुभयो ।