प्रहरी जवानको पेन्सन अवधि १६ वर्ष बनाउन छलफल हुँदै

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले भने– ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’ 

अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय गरेको छैन् । 

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई १८ वर्ष सेवा अवधि पुरा भएपछि पेन्सन दिन प्रस्ताव गरेको छ ।  गृहमन्त्री खाणले कोभिड–१९ को जोखिममा प्रहरी कर्मचारीले गरेको कामको उच्च प्रशंसा गरेका छन् । अपराधमा नयाँ आयाम थपिएको उल्लेख गर्दै गृहमन्त्री खाणले भने– ‘अनुसन्धानमा प्रहरीको क्षमता बढाउन र सुविधा वृद्धि गर्न सरकार प्रयासरत छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here