राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका उम्मेद्वारहरू द्वारा धादिङमा चुनावी प्रचार

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा धादिङ बेसिमा पार्टीको प्रचार र उम्मेदवारको प्रचारको क्रममा शुक्रबार पत्रकार भेट कार्यक्रम गरेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ बाट धादिङको थाक्रे गाउँपालिका घर भएका हिमेश प्रत्यक्षतर्फको उम्मेदवार हुन् । भने सोही क्षेत्र बाट सत्ता गठबन्धनको तर्फ नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका नेता भूमि त्रिपाठी प्रतिष्पर्धामा रहेका छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बाट धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ मा बसुमाया तामाङलाई प्रत्यक्षबाट उम्मेदवार बनाएको छ । त्यस्तै समानुपातिक तर्फ पार्टी उप सभापति डोल प्रसाद अर्याल, केन्द्रिय सदस्य बिष्णु कुमार श्रेष्ठ र कल्पना रोक्का हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here