रुबीभ्यालीका अध्यक्ष रामसिङ तामाङ फिन्ल्यान्डको भ्रमणमा आज प्रस्थान

धादिङ । नर्थ युरोपियन एकेडेमी फिन्ल्यान्डको निमन्त्रणामा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ, खनियावास गाउँपालिका प्रबक्ता जेम्स अनारस र
खनियाबासका प्रमुख प्रशासकिय अधिकृत बाल कृष्ण नेपाली फिन्ल्यान्डको भ्रमणमा आज त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।

भ्रमणमा त्यस देशको स्थानीय शासन सञ्चालन, शिक्षा, स्वास्थ, आधुनिक प्रबिधि तथा आर्थिक ब्यबस्था लगायतका बिषय बस्तुमा अध्यन गर्नुको साथै जानकारी लिनु हुने उहाँको सचिवालयले होराईजन खबरलाई बताउनु भयो । साथै त्यस भ्रमणको सम्पूर्ण खर्च समेत नर्थ युरोपियन एकेडेमीले नै ब्यबस्थापन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here