अनुमति बिना उम्मेद्वारी फिर्ता गरेको भन्दै धादिङका एमाले नेता घले द्वारा पार्टी परित्याग

धादिङ । नेकपा एमाले धादिङका उपाध्यक्ष धन बहादुर घलेले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ। साँझ सामाजिक सन्जालबाट आफुले नेकपा एमाले परित्याग गरी स्वतन्त्र नागरिक बनेको घोषणा गर्नुभएको हो।आगामी मंसिर ४ गते हुने निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर २ को ख प्रदेशको लागि उम्मेदवारी दिनुभएका घलेले पार्टी परित्याग गर्नुभएको हो ।
आफ्नो अनुमति बिना उम्मेद्वारी फिर्ता गराएको भन्दै असन्तुष्ट बन्नुभएका घलेले एमाले पार्टी छोड्नु भएको हो ।रा.प्र.पा. संग तालमेल गर्ने बहनामा, निर्वाचन कार्यालय संग सेटिङ गरी आफुलाई थाहै नदिई सहमति विना उम्मेदवारी फिर्ता गरेको घलेले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here