धादिङमा स्वतन्त्र उम्मेदवारी दिएका र पार्टीगत उम्मेदवारहरुले फिर्ता गरे उम्मेदवारी

धादिङ । असन्तुष्ट जनाउदै स्वतन्त्र उम्मेदवारी दिएका र धादिङमा पार्टीगत गरी ८ जनाले उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका रमेश धमला, परशुराम तामाङ र चक्र बहादुर शाहले उम्मेदवारी फिर्ता लिएका छन भने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार रिमालले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।

साथै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका धन बहादुर घलेले उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नारायण प्रसाद पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका शालीग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय धादिङ जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here