धादिङ जिल्ला मै पहिलो पटक रुबिभ्यालीमा गाउँ प्रहरी सेवामा भर्ना खुल्यो

धादिङ । रुबिभ्याली गाउँपालिकाले गाउँ प्रहरी सेवामा करार भर्ना खुलाएको छ ।
पालिकाले गाउँ प्रहरी सहायक निरीक्षक १ जना , हवल्दार १ जना र जवान ५ जना सहित जम्मा ७ जनाको करार दर्वन्दी सेवा माग गरेको छ ।
गाउँपालिका भित्र हुने विभिन्न अपराध, गैरकानुनी रुपमा हुने कार्यहरु रोकथाम, पालिकाको सिमामा विशेष निगरानी सहित सुरक्षा र आन्तरिक तथा वाह्य पर्यटकहरूलाई सुरक्षित महशुस गराउनका लागि गाउँ प्रहरी सेवा ल्याइएको पालिका प्रमुख रामसिङ तामाङले बताए ।
स्थानीय सरकारले आफ्नै कार्यनीति बनाएर गाउँ प्रहरी सेवा करारका रुपमा भर्ना खोलिएको र नेपाल प्रहरीसंग समन्वयन गरेर कार्यन्वयन गरिने प्रमुख प्रशासकिय अधिकृत नविन कुमार गोलेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here