१) पूर्व तथा पश्चिमका बाटाहरू बन्द गराई नेपालको बाटोलाई मात्र चलाई दिउँला । आ–आफ्नो जात अनुसारका काम गर्नु भन्ने बन्देज पनि बाँधेर जाउँला ।
२) विदेशका महाजनहरूलाई पर्सा गढीबाट माथितिर आउन नदिनु । ती हाम्रो मुलुकमा आए भने जनतालाई कङ्गाल गराई छोड्छन् ।
३) हामीले च्याँगा–पाँगा लगाएर नै यो तीन सहर नेपाल, नौ लाख, किराँत र हिन्दुपतिको राज्य पनि आर्जन गरेका थियौँ । यसैले नेपाली जनतालाई विदेशी कपडा लगाउन मनाही गरिदिनु । यसो भएमा आफ्नो देशको नगद विदेश जान पाउँदैन ।
४) आफ्नो देशका जिनिस तथा अन्य जडीबटीहरु पनि विदेशतर्फ लैजानु र त्यहाँबाट नगद आफ्नो देशमा भित्र्याउनु ।
५) प्रजा मोटा र समर्थ भए भने दरबार पनि बलियो रहन्छ । राजाका भण्डार भनेका रैतीहरू नै हुन् ।
६) देशमा इजारा पनि कसैलाई नदिनु । सरकारबाट नै अमानतमा सरकारी अड्डा राखी सालैपिच्छे हिसाब लिने गर्नु ।
७) चुनिएका राम्रा सिपाही भए पनि र भाइभारदारहरु नै भए पनि यिनीहरू कसैलाई पनि धन दौलत कमाउन नदिनु । मानिस हेरी औकात अनुसार हुर्मत मात्र राखिदिनु । किनभने दौलत भएका मानिसहरू तरबारको काममा पसी मर्न तथा मार्न अग्रसर हुन सक्ने छैनन् । यसो भएमा देशमा हरिपहरूको चमक हुने हुन्छ । देशका सिपाही तथा भाइभारदारहरु सोख सयलमा पसे भने अनर्थ हुनेछ ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट