सत्ता गठबन्धनबाट धादिङ क्षेत्र न. २ को ‘ख’ मा साझा उम्मेदवार जगत सिंखडा

धादिङ । प्रतिनीधिसभा क्षेत्र २ को (ख) बाट अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष समेत रहेका जगत सिंखडालाई पुन: प्रदेश सदस्यमा उठाउने निर्णय गरेको हो । त्यस्तै धादिङ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल मुख्य मन्त्रीको दावी सहित प्रदेशमा पुन उम्मेदवार भएका हुन ।

गठबन्धनले जिल्लाको क्षेत्र नम्बर १ मा एकीकृत समाजबादीका राजेन्द्र पाण्डेलाई उठाउने निर्णय गरेको छ र सोही क्षेत्रको प्रदेश क कांग्रेस लाई र प्रदेश ख माओवादीलाई दिने भएको छ भने क्षेत्र नम्बर २ तर्फ नेपाली कांग्रेसलाई र सोही क्षेत्रको प्रदेश क कांग्रेस र ख माओवादीलाई दिने निर्णय गरेको छ ।

यद्यपि हाल सम्म कांग्रेसले कस्लाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here