शान्ता तामाङ एक्लै महिला तर्फ नेपाली कांग्रेस धादिङ बाट समानुपातिकको बन्द सुचीमा

धादिङ । धादिङबाट ३७ जनाको नाम प्रदेश समामानुपातिकमा सिफारिस भएको मध्य शान्ता तामाङ मात्रै प्रदेश समानुपातिक सूचीमा परेकी हुन् भने अन्य दुई जना जिल्लाबाट प्रत्यक्षमा सिफारिस भएपनि समानुपातिकको बन्द सूचिमा राखिएको हो । प्रतिनीधिसभा तर्फ भने धादिङबाट कांग्रेस बाट कोहि नपरेको हो ।

नेपाली काँग्रेस धादिङले बागमती प्रदेश सदस्यको लागि समानुपातिक तर्फ ३७ जनाको नाम सिफारिस गरे पनि ३ जनको नाम बन्द सूचीमा परेको छ ।

बागमती प्रदेश सदस्यको लागि समानुपातिक बन्द सूचीमा रहेका ३ जनाको नाम मध्य शिवराज अधिकारी जिल्लाबाट प्रतिनीधिसभा क्षेत्र नम्बर २ को सदस्यका लागि समानुपातिक तर्फ सिफारिस भएपनि उनको नाम प्रदेशको समानुपातिक बन्दसूचीमा परेको छ । यस्तै प्रतिनीधिसभा क्षेत्र नम्बर २ को क बाट प्रत्यक्ष तर्फ सिफारिस भएका गोपाल विश्वकर्मा पनि समानुपातिक तर्फ परेका छन् । त्यसैगरि जिल्लाबाट समानुपातिकका लागि सिफारिस शान्ता तामाङको नाम पनि प्रदेशको बन्द सूचीमा रहेको छ ।

साभार: धादिङ पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here