यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका एलेस बिलिआत्स्के र दुई संस्थालाई प्रदान

काठमाडौ । यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई प्रदान गरिएको छ। बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बिलिआत्स्के अवार्डका लागि छनोट भएका छन् । नर्वेको राजधानी ओस्लोमा अवार्डको घोषणा गरिएको हो । ​एलेसको अतिरिक्त यो पुरस्कार रुसी मानव अधिकार संगठन मेमोरियल र नागरिक स्वतन्त्रताको लागि युक्रेनी मानव अधिकार संगठन केन्द्रलाई पनि दिइएको छ। यी दुवै संस्था मानव अधिकारका लागि काम गर्छन्।

एलेसले सन् १९८० मा बेलारुसको तानाशाही विरुद्ध लोकतन्त्र आन्दोलन सुरु गरेका थिए । आजसम्म उनी आफ्नै देशमा साँचो लोकतन्त्रको पुनर्स्थापनाको लडाइँ लडिरहेका छन् । बेलारुसका राष्ट्रपति लुकासेन्को रुस–युक्रेन युद्धमा भ्लादिमिर पुटिनको साथमा छन् । एलेसले भिसाना नामक संस्था बनाए। यस संस्थाले जेलमा रहेका लोकतन्त्रका समर्थकहरूलाई कानुनी सहायता उपलब्ध गराउँछ। उनी सन् २०११ देखि २०१४ सम्म जेलमा रहे। उनी २०२० मा फेरि पक्राउ परे र अझै जेलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here