अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ धादिङको प्रथम भेला सम्पन्न

धादिङ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ धादिङको प्रथम भेला सम्पन्न भएको छ । शनिबार डा. दिनेश रेग्मीको संयोजकत्वमा ३१ सदस्यीय प्रथम जिल्ला सम्मेलन आयोजक समिति घोषणा गरेको हो ।

प्रगतिशील जनस्वास्थ्यकर्मी एव. त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख याम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको भेलामा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्य, माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी(सैलेश)को विशेष आतिथ्य रहेको थियो ।