धादिङबेसी अरुङ खोला आसपासका आमा बुबा, दाजुभाई, दिदिबहिनीहरु
२०७९ साल साउन ९ गते रातीको भिषण वर्षाले अरुङखोला आसपास ठूलो क्षति पुर्याएको यहाँहरुलाई थाहै छ ।
अरुङखोलामा आएको बाढि र पहिरोले जनधनको क्षति भएको छ । खोला किनारमा बनेका भौतिक संरचनाहरु नष्ट भएका छन् । धेरै घरहरु जोखिममा छन् जुन बसोबास गर्न लायक छैनन् ।
मौसमको पूर्वानुमान गर्दा अझै वर्षाको सम्भावना देखिन्छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला संघ संस्थाहरु कसरी क्षति कम गर्ने र नागरिकलाई कसरी सुक्षित राख्ने भन्नेमा सकृय छन् । यस्तो जोखिमबाट बँच्नु र अरुलाई पनि बचाउनु आम नारिकको पनि कर्तव्य हो । त्यसैले आमी सबै सचेत बनौं र जोखिमबाट बचौं ।
जोखिमयुक्त घरमा नबसौं, सुरक्षित स्थानमा स्थानान्तरण होऔं ।
घरपालुवा पशुपन्छिलाई पनि सुरक्षित स्थानमा लैजाऔं ।
खोला आसपासमा बालबालिकालाई जान नदिऔं ।
खोलालाई अवरुद्ध बनाउने कुनै पनि संरचना त्यहाँबाट हटाऔं ।
रातको समयमा आलोपालो गरेर निगरानी बढाऔं ।
घटना सम्बन्धि कुनैपनि जानकारी पाउने वित्तिकै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी वा कुनै पनि सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सामाजिक संघ÷संस्थाका प्रतिनिधिलाई तत्काल खबर गरौं वा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको चौविसै घण्टा खुल्ला रहने फोन नं. ०१०–५२१४६४ मा खबर गरौं ।
जिल्ला विपद व्यवस्थापन समिति, धादिङ