अन्तरास्ट्रिय खबर । फेसबुकको अभिभावक कम्पनी मेटाले भारतको स्टार्टअप कम्पनीहरुमा लगानी गर्ने निर्णय गरेको छ ।
फेसबुकको सबैभन्दा ठूलो बजारको रुपमा लिएको भारतमा कम्पनीले यसअघि दुई ठूला स्टार्टअप कम्पनीमा लगानी गरिसकेको छ । अब भने कम्पनीले तेस्रो स्टार्टअपमा लगानी गर्न तयारी गरिरहेको छ ।
कम्पनीले सन् २०१९ मा मिशो नामक स्टार्टअप र २०२० मा अनलाइन लर्निङ प्लेटफर्म युनाकेडेमीमा लगानी गरेको थियो ।
अब तेस्रो लगानीको लागि ‘बेटर ओपिनियन्स’ स्टार्टअपमा लगानी गर्न कम्पनीमा आन्तरिक छलफल चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि कम्पनीले भने यस विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन ।
बेटर ओपिनियन्सले २ करोड ५० लाख डलर भन्दा कम मूल्यांकनमा ३० लाख डलर सम्मको लगानी उठाउने प्रयास गरिरहेको छ । यसमा मेटाले पनि भाग लिने बताइएको छ ।
मेटा लगायत गुगल र अमेजनले पनि हालैका वर्षहरूमा भारतमा धेरै लगानी गरेका छन् ।