नेपाल आएका १० हजार बढी विदेशी पर्यटक स्वदेश नफर्केको तथ्य सार्बजनिक

काठमाडौ । घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो।
महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ। उनीहरु भीसा अवधिम सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिँदैन।
विभागले २०७६ माघ १३ गते देखि नेपाल भित्रने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उदेश्यले एक सफ्टवेयरमा प्रयोगमा ल्याएको थियो। तर सफ्टवेयरमा विदेशी पर्यटकहरुको बसाई अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भीसाअनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ।
‘सन् २०१८ देखि २०२१ सम्मको तथ्याङ्कअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७/७८) भीसा अवधि समाप्ति पश्चात बढी अवधि बसेका २३२ जना, भीसा विपरीत कार्य गरेको र गैरकानुनी कार्यालगायतमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्काशन गरेको देखिन्छ।’
अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारवाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ।

‘नेपालमा रहेकामध्ये भीसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन। पर्यटक आगमन पश्चात आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here