पिसाबको रङ्ग अनुसार स्वास्थ्य अवस्था थाहा पाउनुहोस

स्वास्थ्य खबर । हामीले पिएको पानीबाट आवश्यक पोषण लिएर वा शरीरमा रहेका विकार निकाल्ने एक प्राकृतिक तरिका हो, मुत्र विर्सजन अर्थात पिसाब फेर्नु । पिसाबले शरीरको स्वास्थ्य आफ्नो रङ्ग अनुसार संकेत गर्दछ । यस्तोमा कुन रङ्गको पिसाबले कस्तो स्वास्थ्य अवस्था दर्शाउँछ ?

– पहेंलो
शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रङ्ग पहेंलो हुन्छ । टन्न पानी पिउने बित्तिकै यो समस्याबाट मुक्ति पाइन्छ ।

– गाढा पहेंलो
औषधिको अत्यधिक सेवनले पिसाबको रङ्ग गाढा पहेंलो हुन्छ । कलेजोको समस्या भयो भने पनि पिसाब पहेंलो हुन्छ । यस्तोमा चिकित्सकको परामर्श लिन आवश्यक छ ।

– फिक्का पहेंलो
पिसाबको रङ्ग फिक्का पहेंलो छ भने स्वास्थ्य ठीक छ भन्ने संकेत हो ।
– सेतो
तपाईंको पिसाब सेतो अझ दूध जस्तो सेतो छ भने युरिन इन्फेक्सन वा पत्थरी भएको हुनसक्छ । यस्तोमा चिकित्सकको परामर्श लिन ढिलो गर्नु हुँदैन ।
– रातो वा गुलाफी
रातो रङ्गको खानेकुरा वा फलफूल खाँदा पिसाब रातो हुन्छ । तर यी खानेकुरा नखाइ पिसाब रातो भयो भने रगत आएको हुनसक्छ । तसर्थ चिकित्सकलाई देखाउन ढिलो गर्नु हुँदैन ।
– सुन्तला रङ्ग
पिसाबको समस्यालाई रोक्नका लागि लिइएको औषधिले पनि पिसाबको सुन्तला रङ्ग हुन्छ ।
स्रोत : पञ्जाब केशरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here