काठमाडौ । साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम गरेको छ।
मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।