रेनु दाहाल सवार गाडी दुर्घटना: सामान्य घाइते दाहाल डिस्चार्जको तयारीमा


काठमाडौ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारले जनाएको छ । दाहाल शुक्रबार दिउँसो राजधानीको जावलाखेलमा भएको सवारी दुर्घटनामा घाइते भएकी थिइन् । 
दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताइन् । 

‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य  चोट लागेको र डाक्टरको अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकाले  डिस्चार्जको तयारीमा छौं’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन् । 

उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको चोट लागेको टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here