पारिवारिक सफलताका लागि श्रीमतीको रिस सहनुपर्छ: डा. योगी बिकासानन्द

काठमाडौ । पत्नी प्रत्येक दिन पाँचपटक रिसाउँछे । किनकि ऊ दुःखी भएरै सुखी हुन चाहन्छे । त्यसैले तपाईं आफ्नी पत्नीको रीस गनेर पीडित हुनु आवश्यक छैन । ऊ कहिले तपाईंसित त कहिले बच्चा–बच्चीसित, कहिले छिमेकीसित रिसाउँछे भने कहिले काम गर्ने मान्छेसित ।
यतिले पुगेन भने आफ्नै परिवार–नातागोतामाथि रिस पोख्छे । कारण ऊ एकोहोरो, एकतमासको जीवन रुचाउँदिन । त्यसैले ऊ दिनमा बारम्बार सपिङ गर्ने विचार गर्छे । र, उसको कुरामा सहमत भएन भने तपाईंको कुरामा ऊ सहमत हुन्न । अनि झगडा शुरु ।

– कसलाई नियन्त्रण गर्न गाह्रो छ ? छोरीलाई !
– कसलाई नियन्त्रण गर्न साह्रै नै गाह्रो छ ? छोरालाई !
– कसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो छ ? पत्नीलाई !
– कसलाई नियन्त्रण गर्न सबैभन्दा गाह्रो छ ? आफैलाई !

(डा. योगी बिकासानन्द)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here