धादिङ । निलकण्ठ नगरपालिका वडा न. ४ स्थित पौवा, इजरा, भैरुङ गाउँ, रिजालथोक, बानिङ्खोला, बिमिरे गाउँ लगायतका १५० घर धुरीका स्थानीय किसानहरुलाई बिहिवार पौवा दरबार संरक्षण समाज समिति द्वारा
१०० बोरा युरिया मल बितारण गरिएको पौवा दरबार संरक्षण समाज समितिका अध्यक्ष सुर्य बहादुर तामाङले होराईजन खनरलाई बताए ।
अघिल्ला बर्षहरुमा जस्तै घन्टौ समयसम्म मल पाउछ कि भनेर सदरमुकाम धादिङबेसिमा चर्को घामम बिहान देखि बेलुका सम्म नभोक नतिर्खा लाइन बसेर आफ्नो पालो आउला कि भनेर कुर्दै गर्दा अन्त्यमा आफ्नो पालो आउदा मल नै सक्की सकेको हुने यस्तो समस्या भोग्नु नपरोस् भनेर उक्त संस्था र समाज सेबि हरि श्रेष्ठको पहलमा पोखरा बाट गाडीमा ल्याई स्थानीय कृषकहरुलाई युरिया मल बितरण गरिएको अध्यक्ष तामाङले बताए ।